‘रोजी’को नाम फेरियो

काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग रोजी चलचित्रको नाम मिल्ने दाबी गर्दै पटक–पटक नाम फेर्न दबाब दिए पनि प्रदिप खड्का अभिनित चलचित्र रोजीको नाम फेरिएको छ ।

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोजी’को नाम परिवर्तन गरिएर यसको नाम ‘रोजी’बाट अब ‘रोज’ राखिएको छ ।
बिहिबार चलचित्र विकास बोर्डमा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी तथा मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैया महर्जनबीच भएको बार्ता लापमा चलचित्रको नाम ‘रोजी’ परिवर्तन गरी रोज राख्ने सहमति भएको हो । साथै उक्त चलचित्र सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने पनि सम्झौता भएको थियो ।
चलचित्रका निर्देशक निरक पौडेलले भन्नुभयो –‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने मान्यता रहको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close