पैसा थुपार्ने भन्दा पनि उत्पादनमूलक कार्यमा

भक्तपुर । मध्यपुरथिमिस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको ११ औँ वार्षिक साधारणसभामा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताएका छन् ।

लगानी र उत्पादनमूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने, लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री अर्यालले भन्नुभयो, “देश सङ्क्रमणकालीन अवस्थामा रहेको छ, सहकारी ऐन पनि सङ्क्रमण मै छ, सङ्क्रमणमा नै रहे पनि देशलाई समृद्ध बनाउने सन्दर्भमा सबै एक भएर जानुपर्छ ।” सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, अब सहकारीले पनि लगानी र उत्पादनको दायरा बढाउनु पर्छ ।
संस्थाका अध्यक्ष राममसुन्दर श्रेष्ठले संस्थाको हालसम्म शेयर पूँजी २ करोड ५७ लाख २५ हजार पुगेको, संस्थाको बचत ३१ करोड ४० लाख ८४९ रहेको, २६ करोड ६२ लाख ७४ हजार ६१ ऋण लगानी गरेको र यसवर्ष ८७ लाख ८८ हजार ४५ रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोबिन्द लाखाजु, स्फेकका अध्यक्ष श्यामसुन्दर श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक, एसईई उतीर्ण विद्यार्थीलाई कार्यक्रममा सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close