कञ्चनपुर घटनामा संयमित हुन प्रदेश ७ को आग्रह

धनगढी । कञ्चनपुरमा भएको घटनामा सम्बद्ध सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम राख्न र घटनाको अनुसन्धान कार्यमा सहयोग पु¥याउन प्रदेश ७ को सरकारले आग्रह गरेको छ । कञ्चनपुर जिल्ला केही दिनयता अशान्त बनेको परिपे्रक्ष्यमा प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा उत्पन्न परिस्थितिमा संयमित भई शान्ति सुव्यवस्था एवं अमनचयन कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न सहयोग पु¥याउन आग्रह गरिएको बताउनुभयो ।

उक्त घटनामा परी मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको आवश्यक उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिनुभयो । सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी अनुसन्धानको विषयलाई लिएर शुक्रबार भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा उक्त घटनामा मृत्यु भएका सन्नी खुनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति संवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कञ्चनपुरमा बालिका बलात्कार र हत्याको घटनाको छानबिन तथा अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close