ब्लड क्यान्सरबाट पीडित किशोरलाई उपचारको लागि आर्थिक सहयोगको अपिल

धनकुटा । ब्लड क्यान्सरबाट पीडित १६ बर्षका बालक सुनिल विकलाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । शहीदभूमि गाउँपालिका वडा नं. २ का विकको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै परिवारले आर्थिक सहयोगको लागि अनुरोध गरेको हो ।

सुनिल उनकी आमा ओमकुमारी शिवाले सुनिलका बुबा छत्रबहादुर विकसँग अन्तरजातीय विवाह गरेकी थिईन । विक परिवारले अन्तरजातीय विवाह गरेको भन्दै घरमा बस्न नदिएपछि भारतको मेघालय गई काम गर्दै आएका थिए । मेघालयमा कोइला खानीमा काम गरेर जीवनयापन गरिरहेका थिए, विक परिवार । जब सुनिल गर्भमा ५ महिना थिए, उनका बुबा छत्र बहादुरको निधन भएको ओमकुमारीले बताइन् ।

त्यसपछि घर फर्केर जाँदा तल्लो जातको भनि घरमा पस्न विक परिवारले दिएन । घर पस्न नदिएपछि ८ बर्ष माइत बसेर सुनसरीको धरान झरेर अर्काको काम गरी गर्भे टुहुरो छोरो पालिरहेकी थिईन, ओमकुमारी । गत बैशाख २६ गते अचानक विरामी भएका बालक छोरोलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउँँदा ब्लडक्यान्सर भएको पत्ता लागेको थियो । त्यहाँ उपचार हुन नसकेपछि हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी, ललितपुरमा उपचार भइरहेको परिवारजनले बताएका छन् । उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन ।

‘हालसम्म उनको उपचारमा १६ लाख रुपैयाँ खर्च भएको जनाएको छ । भएको जायजेथा उनको उपचारमा सकिएको भन्दै आमा ओमकुमारीले अहिले एक पैसा पनि छैन’, नियमित चेकजाँच गराउर्ने बताईन । उनले हरेक पटक १५ हजार रुपैयाँ जति लाग्ने जानकारी गराउँदै छोरो बचाईदिन आँखाभरी आशु झार्दै आग्रह गरिन् ।’

ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका सुनिलले पनि आफूलाई बचाउन सबैलाई अनुरोध गरे । ‘आमालाई सुख दिने बेलामा यो अवस्था भएको छ’, ‘प्रविधिको विकाससँगै निको हुन्छ भन्ने लागेको छ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close