कार्याशाला गोष्ठी सम्पन्न

धनकुटा । धनकुटामा रहेका चिया, अलैची, अदुवा तथा दूग्ध क्षेत्रमा कार्यरत उद्योगी तथा कृषकहरुका लागि एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमका मापदण्ड, श्रम सम्वन्धी विश्यव्यापी सिद्धान्त तथा घोषणाहरु र नेपालमा लागू भएका श्रम ऐनको बारेमा जानकारी गराईएको छ ।

नेपाल उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा भएको सो गोष्ठीमा जिल्ला स्थित विभिन्न नगर तथा गाउँपालिकामा उन्नती परियोजना अन्र्तगत चिया, अदुवा, दुग्धजन्य तथा अलैची क्षेत्रका उत्पादक कृषक तथा उद्यमीहरुलाई अन्र्तराष्ट्रिय श्रमका मापदण्ड, श्रम सम्वन्धी विश्यव्यापी सिद्धान्त तथा घोषणाहरु र नेपालमा लागू भएका श्रम ऐनको बारेमा जानकारी गराईएको हो ।

डेनमार्क सरकारको सहयोगमा संचालित उन्नती परियोजना अन्र्तगत रहेर अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), यसका मापदण्ड, नेपालले अनुमोदन गरेका विभिन्न ११ ओटा श्रम सम्वन्धीका महासन्धीहरुकको बारेमा जानकारी गराईएको छ । यस्तै नेपालमा लागू भएको श्रम ऐन २०७४ का मूलभूत व्यवस्थाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको छ । सो गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघका प्रशिक्षक हंशराम पाण्डेले १४ वर्ष पुरा नगरेकाहरुलाई श्रमिकका रुपमा काममा लगाउन नपाईने श्रम ऐन २०७४ ले व्यवस्था गरेको जानकारी गराएका थिए । यस्तै १६ वर्ष पुरा नगरेकालाई जोखिमयुक्त व्यवसाय तथा कार्यमा लगाउन नपाईने, समान कामको लागि पारिश्रमिकमा भेद्भाव नहुने लगायत श्रम ऐनमा रहेको जानकारी गराएका थिए ।

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ सम्वन्धी जानकारी गराउँदै रोजगारदाताले भुक्तान गर्न आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम हरेक महिना सामाजिक कोषमा जम्मा गर्ने पर्ने व्यवस्था रहेको जानकारी दिए ।

सो अवसरमा बहुराष्ट्रिय कम्पनि सम्वन्धमा अन्तर्राष्ट्रिय श्रम संगठनको त्रिपक्षीय घोषणाहरुका सिद्धान्तका बारेमा उद्योग वाणिज्य महासंघका इश्वर श्रेष्ठले जानकारी गराएका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका उपप्रमूख सकुन्तला बस्नेतले विदेशी लगानी तथा सहयोगलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिईन । अन्तर्राष्ट्रिय लगानीलाई परिणाममूखि बनाउन आफूहरु जिम्मेवारी उठाउन तल्लिन रहेको बताईन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमूख टंक चौहानले निर्यातलाई वृद्धि गदै स्वदेशी उत्पादन बढाएर आर्थिक विकास गर्न आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close