स्थानीय तहमा स्वास्थ्य प्रयोगशाला

धनकुटा । जिल्लाका तीन स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला संचालनमा आएको छ ।

सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुमा सहिदभूमि गाउँपालिकाको आँखिसल्ला स्वास्थ्यचौकी, महालक्ष्मी नगरपालिकाको चानुवा स्वास्थ्यचौकी र छथरजोरपाटी गाउँपालिकाको सिँधुवा स्वास्थ्य चौकी रहेका छन् ।

यी स्वास्थ्य संस्थाहरुमा रगत परीक्षण, रगत समूह पहिचान, खकार जाँच, एचआइभी परीक्षणलगायतका सेवा दिने उद्देश्यसहित प्रयोगशाला सञ्चालनमा आएको हो ।

ती स्थानीय तहमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि परीक्षणका लागि सदरमुकामस्थित धनकुटा अस्पताल जानुपर्ने वाध्यता हटेको छ । योभन्दा अघि स्वास्थ्य परीक्षणको सेवा धनकुटा अस्पतालमा मात्रै रहेको थियो । हरेक स्थानीय तहमा करिव चार लाख रुपैयाको लागतमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close