आइतबार पनि देशभरका यि स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ । केही दिनदेखि खुल्न नसकेको मौसममा आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभरको मौसम बिहानैदेखि पूर्ण बदलीको अवस्था रहेको छ । शनिबार साँझ काठमाडौँ उपत्यकासहितका क्षेत्रमा केहीबेर ठूलो पानी परेको र आइतबार पनि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहेको महाशाखाको अनुमान छ । मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम पनि बदली भएको छ ।

पश्चिम तराईमा भने मौसम सफा रहने तथा दिउँसोपछि बदली हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । उता पूर्वी नेपालको तराई तथा चुरे क्षेत्रमा पानी पर्ने खालको बादल रहेकाले वर्षा हुने सम्भावना छ । यस्तै अपराहन्नपछि मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close