प्यूठानमा चट्याङ लागेर सात बाख्रा सहित एक महिलाको ज्यान गयो

आइतवार साँझ परेको चट्याङबाट प्यूठानमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा गोठी बुढा रहेकी छिन् । नौबहिनी गाउँपालिका–५, सानो डामृमा ६४ वर्षीय गोठी बुढाको चट्याङ लागेर मृत्यु भएको हो ।

बाख्रा चराउन जंगल गएका बेला एक्कासि चट्याङ लाग्दा बेहोस भएकी बुढाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको स्थानीय तेजेन्द्र विएमले जानकारी दिए । सोहि चट्याङले सात वटा बाख्रासमेत मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close