एकाबिहानै भक्तपुरमा भयो भयानक दुर्घटना, स्कार्पियो रुखमा ठोक्किँदा चार घाइते, १ गम्भिर

काठमाडौँ । बिहिबार एकाबिहानै भक्तपुरमा भयानक दुर्घटना भएको छ । बिहिबार बिहान भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् । घटना बिहानपख ३ बजे घटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए । घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ । सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close