गायिका पुष्पा र रविको ‘दिलको फ्रेममा’ ट्रेण्डिगंमा, दुई दिनमा नै साडे ५ लाख दर्शकले हेरे

दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडको नयाँ म्यूजिक भिडियो दिलको फ्रेममाको म्यूजिक भिडियो सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । यो समाचार तयार पार्दासम्म युटु्युव ट्रेण्डिगंको ३६ औँ नम्बरमा आएको गीतले करिब साडे ५ लाख दर्शक पाइसकेको छ । रविलाई स्वरमा पुष्पा पौडेलले साथ दिएको गीतमा देभल भण्डारीका शब्द शृजना समावेश छन् भने गीतमा दिपक शर्माको संगीत रहेको छ । सुब्रतराज आचार्यको निर्देशन रहेको गीतमा पछिल्लो पुस्ताका चर्चित नायक पुष्पल खड्का र नायिका आँचल शर्माको गज्जब अभिनय रहेको छ ।

वैँशालु उमेरमा युवा युवतीहरु बिच हुने घोचपेच र माया प्रेमको विषयलाई कलात्कार शैलीले बनाइउको भिडियो सार्वजनिक गरिएको छोटो समयमा नै निकै रुचाइएको छ । रवि ओड स्वयमले पनि अभिनय गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

Back to top button
>
Close