
काठमाडौं । राप्रपा निकट जनवर्गीय संगठनले भारतद्वारा जारी राजनीतिक नक्सा जलाएको छ । राप्रपा निकट युवा संगठनका अध्यक्ष प्रकाश रिमालको संयोजकत्वमा भएको विरोध कार्यक्रममा भारतले हालै जारी गरेको राजनीति नक्साले नेपालको लिम्पियाधुरा- लिपुलेक र कालापानी अतिक्रमण गरेको विरोधमा भारतको नक्सा जलाएको बताइएको छ।
“लिम्पियाधुरा हाम्रो हो, लिपुलेक-कालापानी हाम्रो हो, अतिक्रमित भुभाग फिर्ता गर” भन्दै बबरमहलबाट शुरु भएको विशाल विरोध र्याली माइतीघर मण्डलामा पुगी विरोध सभामा टुङ्गीएको थियो ।राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ समेतको उपस्थिति रहेको विरोध सभालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार बहादुर धमला लगायतका वक्ताहरुले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ता गर्न माग गर्दै उपरोक्त भूमि समिटएिको नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए ।
भारतद्वारा गरिदै आएको नियमित अतिक्रमण सैह्य नहुने भन्दै वक्ताहरुले वीर पुर्खाले आर्जेको मुलुकको सिमा रक्षाको लागि जस्तासुकै वलिदान गर्न राप्रपा सम्बद्ध राष्ट्रवादीहरु हमेसा तयार रहेको भन्दै यसका विरुद्ध आम नेपालीहरु एकजुट हुनुपर्ने बताएका थिए । भारतले नेपालको अतिक्रमीत जमिन फिर्ता नगरेसम्म जमिन फिर्ताको माग गर्दै निरन्तर विरोध कार्यक्रम गर्ने युवा संगठनका महासचिव विनोद भारतीले बताएका छन् ।