
मुम्बई । हिन्दी सिनेमाको सुपरहिट जोडीका रुपमा चिनिन्छन् शाहरुख खान र काजोलको जोडी । उनीहरुले अभिनय गरेको दुल्हनिया ले जायेंगे, बाजीगर, कुछ कुछ होता है, माई नेम इज खान अहिले पनि चर्चाको विषय बन्ने गरेको छ ।
रियल लाईफमा अजय देवगणसंग विवाह गरेकी काजोलले विवाहपछि पनि शाहरुखसंग केही चलचित्रमा काम गरेकी छिन् । अजय र काजोलको जोडीलाई दर्शकले पनि निकै राम्रो मान्छन् । उनीहरु पुन हिन्दी चलचित्र नयाँ चलचित्रमा श्रीमान श्रीमतीको भुमिकामा देखिँदैछन् । हालै मात्रै काजोलले इन्स्टाग्राम एकाउन्ट फ्यानसंग प्रस्न उत्तर कार्यक्रम राखिन् ।
त्यति मात्रै हैन उनले हरेक प्रश्नको जवाफ दिने वाचा पनि गरिन् । एक प्रसंसकले काजोललाई सोधे ‘यदि तपाईको जीवनमा अजय देवगण नआएको भए शाहरुख खानसंग विवाह गर्नुहुन्थ्यो हो ?’ अर्का फ्यानले सोधे तपाई र शाहरुख अभिनित चलचित्र कहिले प्रदर्शनमा आउछ रु काजोलले जवाफ दिँदै भनिन् ‘यो प्रश्न शाहरुखलाई गर्नुस् ।’ राजधानी दैनिकमा खबर रहेको छ ।