काठमाडौंमा ५० प्रतिशत जारको पानी पिउन योग्य छैन

काठमाडौं, मंसिर १३-‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ।

काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो।

जिल्ला प्रशासनका कार्यालय ९काठमाडौं०को नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

कम्पनीले पिउन योग्य भनी सिलछाप गरको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close