गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

काठमाडौं, मंसिर १३-भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ।सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ।

प्रज्ञा ठाकुरको सो भनाइको ठूलो आलोचना भएपछि उनको दलले सो भनाइप्रति खेद व्यक्त गरेको खबर एजेन्सीलाई उधृत गर्दै आजको राजधानी दैनिकले छापेको छ।ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रोपटक हो। पहिलोपटक उनले गत मेमा यस्तो अभिव्यक्ति दिएकी थिइन्।

उनीमाथि सन् २००८ मा ६ जना मारिएको र एक सय जना घाइते भएको विस्फोटनमा संलग्न भएको आरोप छ । ठाकुरले ती आरोपहरूलाई अस्वीकार गर्दै आएकी छन् । उनीविरुद्ध परेको मुद्दामा धरौटी तिरेर जेल बाहिर रहेकी छन् । संसद्को तल्लो सदनको छलफलको क्रममा उनले बुधवार गोड्सेलाई देशभक्त भनेकी थिइन् ।

उनको दल र सरकार दुवैले उनको त्यो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन् । बिहीवार संसद्मा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले उनको अभिव्यक्तिको कडा आलोचना गरे । उनले भने, ‘हामी नाथुराम गोड्सेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close