
काठमाडौँ । यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ ।