देश बर्वाद भयो भन्दै एक्लै कराउन थालेको दुई दशक नाघ्यो : अनिल योगी

मेरो जीबनमा आज सम्म मैले ड्रामा गर्न जनिन । यो देशमा चर्चामा आउनका लागि यात ड्रामा गर्नुपर्ने रहेछ यात स्वदेशी यात बिदेशीको दलाल बन्नुपर्ने रहेछ ।

देश बर्वाद भयो भन्दै एक्लै कराउन थालेको दुई दशक नाघ्यो । माओवादी र संसदवादी नेताहरुले युद्ध र प्रतियुद्ध लड्दा अग्रभागमा देखा परेर यो युद्ध रोक है नत्र बर्वाद हुनेछौं भन्ने एक्लो मान्छे मै थिए ।

२०६३ र ०६३ को कथित आन्दोलन पश्चात् संविधानसभाबाट संबिधान निर्माण गर्दा राजसंस्थालाई बाहिर पारेर बनाएको संबिधानले समुल रूपमा द्वन्द्वको अन्त्य हुँदैन है भन्ने एक्लो ब्यक्ति मै थिए ।

संघीयताले भौगोलिक बिखन्डनलाई बढुवा दिने काम गर्नेछ र यो देश मास्नका लागि बिदेशीले लादेको योजना हो, यस प्रती नेपाली चनाखो हुनुपर्छ भन्ने एक्लो ब्यक्ति मै थिए ।

देश कमजोर बनाउने नेपालका नेताहरु हुन् र यो देशमा बिदेशीलाई हस्तक्षेप गर्नका लागि आमन्त्रण गर्ने पनि दलका नेताहरु हुन् भन्ने पनि दलबिहिन र कुनै संगठन बिहिन एक्लो मान्छे मै थिए ।

आज सम्म मैले देश र जनताको हितका खातिर जे गरे र भने सायद त्यसमा ड्रामाको आभाश देखा परेन क्यार !

प्रतीक्षा गर्नुहोस् राष्ट्रिय शक्ति नेपालले अब अशली र सक्कली ड्रामा देशभित्र निकट समय भित्रनै देखाउनेछ ।

साभार : राजनीतिक विश्लेषक अनिल योगीको फेसबुक वालबाट

मेरो जिबनमा आज सम्म मैले ड्रामा गर्न जानिन । यो देशमा चर्चामा आउनका लागि श्वदेशी यात बिदेशिको दलाल बन्नुपर्ने रहेछ । यो…

Gepostet von Yogi abinath am Freitag, 29. November 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close