भक्तपुरमा काँग्रेसका कृष्णलालले मारे बाजी

काठमाडौँ, मंसिर १५ । उपनिर्वाचन अन्र्तगत भक्तपुरको प्रदेशसभा सदस्य उपनिर्वाचनमा कांग्रेसले शानदार जित दर्ता गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का देवीप्रसाद ढकाल ९डीपी०लाई भारी मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले जित्न सफल भएका छन् । काँग्रेसका भँडेलले १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का देवीप्रसाद ढकाल ९डीपी०ले ११ हजार २ सय १० मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएको जानकारी प्राप्त गरेका छन् । त्यस्तै त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका –३ मा भएको वडाध्यक्षको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का भरतकुमार घिमिरे विजयी भएका छन् । नेकपाका घिमिरे ७ सय ९६ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गरेका छन् । त्यस्तै डोटीमा नेकपाका उमेदवारले जित हाँसिल गरेका छन् । उपनिर्वाचन अन्र्तगत आदर्श गाउँपालिका– २ मा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close