भुटानलाई खाता नै खोल्न नदिई ४–० गोल अन्तरले हरायो नेपालले

काठमाडौँ, मंसिर १७ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरेका छन् । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गरेका थिए । खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close