
२०४६ सालको परिवर्तन पछि नेपाललाई बिदेशीले आफ्नो कृडास्थल बनाए । हामिलाई प्रजातन्त्र मात्र आबश्यक थियो तर के के आयो आयो । प्रजातन्त्र संगै भुटानी शरणार्थी आए । जनयुद्धको नामबाट एक दशक लामो भयानक युद्ध प्रजातन्त्रकै जगमा सुरु गरियो ।
आज हामी संग मिचिदो भूगोल त छ तर राष्ट्र र राज्य छैन । यस्तो घटिया खालको राजनीतिक धन्दा गर्ने बिदेशीका दलालहरुका बिरुद्ध सच्चा नेपालीले खेद ब्यक्त गर्नुपर्छ । यतिबेला नेपालमा बिश्वका आतंकबादिहरु र बिश्वकै शरणार्थीहरु नेपालमा छिरेका छन् र छिराईएका छन् । माध्यम यही कथित प्रजातान्त्रिक ब्यवस्थानै हो ।
पन्चायत कालिन ब्यवस्थामा राजाहरुले बलियो बनाई राखेको सीमा प्रजातन्त्र आएपछि खुला गरिदियो । यो ३० बर्षको राजनीतिक धन्दाले देशलाई सम्पुर्ण रुपले पराधिन बनाई दियो । राज्यको महत्वपूर्ण निकायमा बस्नेहरुले मात्र होईन, समाजका कथित बिद्धान बुद्धिजीवीले समेत देशका बिरुद्ध गम्भीर प्रकारको घात गरे ।
देशलाई बचाउने हो र नेपाली जनताको जीवन सुरक्षित राख्दै दुबै क्ष्छिमेकिको समेत सुरक्षा ब्यवस्था बलियो बनाउने हो भने यो ब्यवस्थाको विकल्प खोज्नुपर्छ । अन्यथा हाम्रो देशबाटनै तेस्रो विश्व युद्धको संखनाद हुने डरलाग्दो अबस्था देखिन थालेकोछ ।
साभार : राजनीतिक विश्लेषक अनिल योगीको फेसबुक वालबाट