नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भक्तपुरमा रात्रिकालीन सम्पदा क्षेत्र पदयात्रा थालनी

भक्तपुर । भक्तपुरमा रात्रिकालीन सम्पदा क्षेत्र पदयात्रा थालनी भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र भक्तपुरको पर्यटन गतिविधिलाई बढावा दिन भक्तपुरमा रात्रिकालीन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको हो ।भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डको आयोजनामा भक्तपुरमा रात्रिकालीन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलले बताए ।

उनका अनुसार भक्तपुरमा पर्यटन प्रवद्र्धन तथा रात्रिकालीन बसाइ लम्ब्याउन पनि रात्रिकालीन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको हो । विदेशी तथा तथा स्वदेशी पर्यटकलाई भक्तपुरका सम्पदा क्षेत्र भ्रमण गराउने उद्देश्यले यस्तो पदयात्रा थालनी गरिएको उनले बताए ।

रात्रिकालीन पदयात्रामा भक्तपुरका विभिन्न विभिन्न जात्रा, नाचलगायत विभिन्न खानाबाट पर्यटकलाई आकर्षित गर्ने उनले बताए । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ४ देखि ८ चैतसम्म भक्तपुर महोत्सव आयोजना गर्ने जानकारी दिएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र भक्तपुरको पर्यटकीय गतिविधिलाई बढावा दिन महोत्सव आयोजना गरिने बताउँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोको तयारीसमेत थालिएको बताए ।

मुख नेपाल पर्यटन बोर्ड र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भ्रमण वर्षको पहिलो औपचारिक कार्यक्रमको सुरुवात गदै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन यहाँको कला, संस्कृति र सम्पदा संरक्षण एवं सरसफाइले सहयोग गर्ने बताए ।

सन्ध्याकालीन सम्पदा क्षेत्र पदयात्रासहित सो कार्यक्रम सुरु भएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भक्तपुर नगरको गतिविधिले पर्यटकको आगमनमा वृद्धि हुने र भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने बताए ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेले, भक्तपुर नगरपालिका पर्यटक सेवा तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा, नेपाल भ्रमण वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठ र भक्तपुर पर्यटन विकास समितिका महासचिव दीपेशराज शर्माले सन्ध्याकालीन सम्पदा पदयात्रा कार्यक्रम र नेपाल भ्रमण वर्ष २०२० बारे चर्चा गर्दै पर्यटन वर्षलाई सफलतामा पु¥याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुरमा प्रख्यात विभिन्न नाचको पनि प्रदर्शनी गरिएको थियो । भक्तपुरमा रात्रिकालीन पदयात्रा सुरु गरे सँगै भक्तपुरका सम्पदाहरूमा बत्ती हाल्ने कार्यको पनि थालनी गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close