सस्तियो तरकारीको मुल्य, हेर्नुहोस् कुनको कति ?

कलैया – कलैया बजारमा हरियो तरकारीको मूल्य गत महिनाभन्दा अहिले सस्तो भएको छ । कृषकले खेती गरेको हिउँदे तरकारीहरु बजारमा आउन थालेपछि पहिलाभन्दा अहिले सस्तो भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । केराउ प्रतिकिलो ६०, गोलभेँडा ४०, बन्दाकोभी ५०, काउली ४०, भण्टा २०, मूला १० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।

त्यसैगरी रायो पाँच, पालुङ्गो १०, मेथी १०, चम्सुर १० रुपैयाँ पुलाको बिक्री भइरहेको छ । गत महिना काउली प्रतिकिलो रु ८०, केराउ १७०, गोलभेँडा २४०, भण्टा ५०, हरियो सागसब्जी प्रतिपुला रु २० का दरले भइरहेको थियो । तरकारी अहिले सस्तो भएपछि राहत महसुस भएको वस्तपुरका इमरान आलमले भन्नुभयो । यस वर्ष किसानहरुले छ हजार ३२५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका हिउँदे तरकारी खेती गरेको ज्ञान केन्द्रका प्राविधिक मण्डलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close