वीपी प्रतिष्ठानको सेक्युरिटी ठेक्कामा मनपरी, लोकल नेताको सेटिङमा उपकुलपतीको मस्ती

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यबाहक उपकुलपती प्रा.डा. गुरुप्रसाद खनालले नियम मिचेर आफू अनुकुलको कम्पनीलाई सेक्युरिटीको ठेक्का दिन लागेका छन् ।

सरकारबाट दैनिक कामकाजको अधिकार पाएका कार्यबाहक उपकुलपती खनालले ‘आफुलाई आर्थिक कारोबार गर्न सहज हुने विचौलियाको’ समूहलाई प्रतिष्ठानको सेक्युरिटी ठेक्का दिन लागेका छन् ।

नेपाल कम्युनिष्ट पार्टिका स्थानीय केही नेता,औषधी माफिया र दलालहरुको इच्छा अनुसार सेक्युरिटीको ठेक्का दिन लागेका हुन् ।

यस्तो छ खेल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा गर्ने जिम्मा अहिले केटिएम सेक्युरिटी सर्भिस प्रा.ली. को छ । उसको ठेक्का सम्झौता एक बर्ष अगाडी नै सकिएको थियो । तत्कालिन उपकुलपती प्राडा राजकुमार रौनियारले सेक्युरिटी ठेक्का लगाउन टेन्डर आह्वान गरेका थिए ।

मुल्याङकन समितीले प्राप्त कोटेशनहरुको लिष्ट मात्र बनाएर आवश्यक निर्णय गर्न भन्दै तत्कालिन उपकुलपती रौनियारलाई नै फायल पठाएको थियो । रौनियारले प्रतिष्ठानको सुरक्षा गर्न सक्ने र हरेक हिसाबमा दक्ष कम्पनीलाई ठेक्का दिनुको साटो सबै कम्पनीसँग ‘डिल’ गर्न थालेका थिए । त्यस मध्ये केहीबाट पाँच लाख र १० लाख रुपैया पेस्कीपनि लिन भ्याएका थिए ।

त्यस बेलापनि उनले इटहरीको भिआइपी सेक्युरिटीलाई टेण्डर दिन चलखेल गर्दै आएका थिए ।तर घुस लिदालिदै उनी अख्तियारको नियन्त्रणमा परेर निलम्बीत भएपछि यो फायल बन्द थियो ।तर हालका कार्यबाहक उपकुलपती गुरुप्रसाद खनाललेपनि झण्डै चालिस लाख लिएर (श्रोतको भनाई अनुसार) भिआइपीलाई तिन बर्षका लागि सुरक्षा ठेक्का दिन लागेका छन् ।

बद्नाम र असक्षम छ भिआईपी

भिआइपी सेक्युरिटी कम्पनी निकै विबादीत र असक्षम सेक्युरिटी कम्पनीको रुपमा चिनिदै आएको छ । भिआइपी सेक्युरिटीले श्रम ऐन अनुसार गार्डहरुलाई सुबिधा नदिएको,नियमित तलब नदिएको,राजश्व छलि गरेको जस्ता आरोपहरु लाग्दै आएका छन् ।

अहिले उक्त कम्पनीलाई अगाडी सारेर धरानका लोकल नेता,औषधी माफिया र केही बिचौलियाहरु प्रतिष्ठानमा औपचारीक रुपमै प्रबेश गर्न प्रयासरत छन् ।भिआइपी कम्पनीलाई सेक्युरिटी दिलाउने सेटिङमा नेकपाका स्थानिय विबादीत नेता मुरारी सुबेदी,मेडिकल माफिया मचिन लिम्बु,विचौलिया टेक लोहनी,राजु श्रेष्ठ लगायतको टिम सक्रिय छ ।

स्मरणीय के छ भने नेकपाका स्थानीय नेता सुबेदी र कार्यबाहक उपकुलपती खनाल विच आर्थिक लेनदेन हुने गरेको छ ।सुबेदीले सेटिङ मिलाएर पैसा लिने र खनाललाई बुझाउने ‘हाई प्राफायल’ सेटिङ भएको छ श्रोत भन्छ ।

गलतलाई सही बनाउने खेल

नेकपाका नेता मुरारी सुबेदी र उपकुलपती खनालविच आर्थिक स्वार्थ पुरा गर्ने शिलसिलाका लागि पुर्व सम्झौतानै भएको विश्लेशणपनि हुने गरेको छ । सुबेदीले कै योजना अनुसार प्रतिष्ठान भित्र आफुअनुकुलका कार्यहरु गर्न र फायलहरुलाई कानुनी रुपमा क्लिन बनाउन आफ्नै गुटका वकिल अबइन्द्र निरौलालाई प्रतिष्ठानको कानुनी सल्लाहकार नियुक्तीपनि गराएका छन् ।

सुबेदीको सिफारिसमा खनालले निरौलालाई कानुनी सल्लाहकार नियुक्त गरेका छन् । अब प्रतिष्ठान भित्रको अबैध सेटिङलाई बैध बनाउने कार्य उनीले गर्दै आएका छन् । सेक्युरिटी गार्डको विषयमा पनि अहिले कालोलाई सेतो बनाउने कार्य भएको छ । मुरारी सुबदी धरानका ओली खेमाका नेता हुन् ।

बर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीसँग गुट मिल्ने भएपछि सुबेदीले प्रतिष्ठानको पर्दा पछाडिको उपकुलपती मै हो भन्दै हिड्ने गरेका छन् । स्मरण रहोस् सुबेदीकी श्रीमती मञ्जु भण्डारी धरान उपमहानगरपालिकाकी उपप्रमुख हुन् ।

यस पटको उपनिर्बाचनमा दुई उपप्रमुखकै कारण चुनाब हारिएको कार्यकार्ताको निश्कर्ष छ । उपनिर्बाचन अगाडी मुरारी सुबेदी धरानको मेयर नै मै हो भन्दै हिड्ने गरेका थिए ।

किन भएन अर्को टेण्डर ?

सार्वजनिक खरिद नियमावली अनुसार कुनैपनि टेण्डर आह्वान गरेको ९० दिन भित्रमा ठेक्का सम्झौता नभए पुनः अर्को टेण्डर आह्वान गर्नुपर्ने हुन्छ । तर भिआइपीलाई ठेक्का दिन पटक पटक म्याद थप गर्दै ‘जसरी पनि उसैलाई ठेक्का दिने’ मनसायले टिप्पणी उठाएर ठेक्का सम्झौता गर्न लागिएको छ ।

सधै विबादमा उपकुलपती

हुन त हालका कार्यबाहक उपकुलपती गुरुप्रसाद खनाल प्रतिष्ठानमा मेट्रिक पास (कक्षा १० पास गरेर सिधै डाक्टरको सर्टीपिकेट प्राप्त) डाक्टरको रुपमा चिनिन्छन् । उनको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको भन्दै छानविनको मागपनि भईरहेको छ ।

उनले कार्यबाहक उपकुलती हुने वित्तीकै प्रतिष्ठानकी सीए रुपा सिंगाचीलाई पुर्नबाहाली गरेका थिए । उनी पुर्व उपकुलपती प्राडा वीपी दाशको सेटिङमा काम गदै आएकी थिइन । उनलाई प्रतिष्ठानको चेक बाट अबैध रुपमा पैसा निकालेको अभियोगमा अख्तियारले मुद्धा दर्ता गरेको छ ।

खनालले उनलाई विबादीत हुदाहुदै पुनः फाईनन्स म्यानेजको जिम्मेवारी दिएका थिए ।सिंगाची संगै भ्रष्टचारको अभियोगमा मुद्धा खेपी रहेका पुर्व उपकुलपती वीपी दाशका भाई राकेश दाशलाई पुनः काममा फर्काएका छन् । दाशलाई निलम्बीत उपकुलपती राजकुमार रौनियारले प्रतिष्ठानको सफ्टवेर ह्याक गरेर पैसा लुकाएको आरोपमा निलम्वीत गरेका थिए ।

फोहोरमा पनि कमिसन

प्रतिष्ठानको सफाई गर्न र फोहोर ब्यबस्थापन गर्न धरानकै अप्पु श्री इन्टरप्राइजेजले बिगत सात बर्ष देखि निरन्तर ठेक्का पार्दै आएको छ । सेटिङमा हुदै आएको ठेक्का ब्यबस्थापनमा हालका कार्यबाहक उपकुलपती पनि आकर्षित भएका छन् ।

अप्पुश्री इन्टरप्राईजेजका प्रोर्पाइटर गोपल श्रेष्ठले प्रतिष्ठानबाट बार्षिक ८ करोड भन्दा बढी रकम लिदै आएका छन् । तर प्रतिष्ठामनको फोहोर ब्यबस्थापन भने हुने गरेको छैन । गोपाल श्रेष्ठ तिनै ब्यक्ति हुन् जसले फोहोरको ठेक्का पार्न कमिसन बाढ्ने गर्छन ।

यस पटक फोहोर बाट सेक्युरिटीमा पनि उनले हात हाल्न खोज्दैछन् । अहिले सेक्युरिटीको ठेक्का दिन खोजिएको भिआइपी लाई प्रतिष्ठानमा ल्याउन उनको बिषेश योगदान हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close