समाजसेवी लामाको अगुवाईमा काभ्रेमा २ विद्यालय निर्माण सम्पन्न, मन्त्री बाँस्कोटा पुगे

काठमाडौँ,१३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उनले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताए ।

उनले भने, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।” मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालय मागपत्र बोकेर धाउने युगको अन्त्य भएको बताए । उनले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राख्नुभयो । “जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ”, उनको जिकिर थियो ।

मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहो¥याए । “विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन”, उनले भने । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पु¥याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए । उनले भने, “स्वाधीन अर्थतन्त्रबिना खुशी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ ।” सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उनले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने बताए ।

मन्त्री बाँस्कोटाले सन् २०३० सम्म प्रत्येक नागरिकले वार्षिक १२ हजार ५०० सय डलर आम्दानी गर्ने जिकिर गरे । “सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ”, उनले भने । शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रह गरे ।

कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य चन्द्र लामा, वडाध्यक्ष सिर्दास लामा, राप्रपा जिल्लाध्यक्ष टुल्कु लामा, नेपाली काँग्रेसका नेता गणेश लामालगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० प्रमुख द्वारिका पोखरेलले पुनःनिर्माण प्राधिकरणको चौथो स्थापना दिवसका अवसरमा रु ७० लाखको लागतमा विद्यालयको दुईतले चारकोठाको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जानकारी दिए ।

जिल्लाको रोशी गाउँपालिका १ खहरेपाँगुको ताङलिङमा पहिलो पटक जिल्लाबाट निर्वाचित भई मन्त्री सरकारका प्रवक्ता बनेका गोकुल बास्कोटा पुग्दा खुशीले मन्त्री पुरिने गरी माला पहिर्याई दिएका छन् । ‘खहरेपाँगुमा धेरै पटक मन्त्रीहरु आए पनि ताङलिङमा पहिलो पटक मन्त्री पुगेका हुन् ।– चेतना माध्यमिक विद्यालयका अध्यक्ष अमित लामाले भने–‘मन्त्रीलाई आफ्नै स्थानमा ल्याएर स्थानीयका समस्या र विकासका आवश्यकता सुनाउने अवसर विद्यालयको नवर्निमित भवनले जुराई दियो ।’

 

भौगोलिक हिसावले नजिक भए पनि विकासले गति लिन नसक्दा दुर्गम बनिरहेको खहरेपाँगुबाट चर्चित ब्यक्तिहरु राजधानीमा बसोबास गरिरहेका छन् । सामुहिक विकासका लागि एकता भन्दा पनि टुटफुट र खुट्टा तान्ने प्रवृत्तिका कारण विकासमा धिमेगती भएको अध्यक्ष लामाले बताए ।

मन्त्री आउनु अघि अध्यक्ष लामाले सबै सरोकारवालासँग अन्र्तक्रिया गरेर मात्रै कार्यक्रम टुङ्गो गरिएकाले सबै राजनीतिक दल, सर्वसाधारणहरुको सहभागिता रहेको बताए । एउटा पक्षले कार्यक्रम आयोजना गर्दा अर्को पक्षले सधै बहिस्कार गर्ने चलन लामो समयसम्म रहेको उनले भनाई छ ।

अध्यक्ष अमित लामाको नेतृत्वमा विद्यालय ब्यवस्थान समिति गठन भएसँगै दुई वटा विद्यालय भवन निर्माण भएका छन् । ६ कोठे र ४ कोठे भवन सुविधा सम्पन्न छन् । लामाकै अगुवाईमा जग्गाको ब्यवस्थापन लगायतका कार्यहरु भएका छन् । चालु शैक्षिक सत्रमा कम्प्युटर ल्याब संचालनमा आएको छ । २ सय ७५ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयमा शिक्षक दरवन्दी अभाव हुँदा पढाई प्रभावित हुँदै आएको छ । अध्यक्ष लामाले शिक्षाको गुणस्तर सुर्धान भौतिक पूर्वाधार लगायतका अन्य संरचनाहरु निर्माण भएको बताए । अध्यक्ष लामाकै पहलमा पहिलो पटक मन्त्रीलाई गाउँमा लैजान सकिएको भन्दै स्थानियले खुसी ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close