पृथ्वीका सबै मानिसलाई अर्बपति बनाउन पुग्ने छुद्र ग्रह अध्ययन गर्दै वैज्ञानिक

काठमाडौं, पुस १४- खगोलशास्त्रीहरूले वृहस्पति र मंगल ग्रहबीचमा रहेको चट्टानयुक्त बेल्टमा साइकी नामको एक विशाल धातुयुक्त छुद्र ग्रहको अध्ययन गरिरहेका छन्। यो छुद्र ग्रहमा पृथ्वीमा रहेका सबैलाई अर्बपति बनाउन पर्याप्त हुने सुन रहेको उनीहरूको ठहर छ।

साइकी, सन् १८५२ मार्च १७ मा इटालीको नेपल्सका खगोलशास्त्री एनिबेल डी गेस्परिसले पत्ता लगाएका थिए। राडार तथा अन्य परिस्कृत अध्ययनले साइकीको एक सतह ९० प्रतिशत धातुले बनेको छ र यो धातु धेरैजसो फलाम र निकलका मिश्रण रहेको वैज्ञानिकहरूको अनुमान छ। यसले के संकेत गर्छ भने बाक्लो धातुको प्रचुरतामा सुन र प्लेटनिस ठूलो परिणममा मिसिएको हुन्छ।

एक अनुमानअनुसार पश्चिम बर्जिनियाको आकारको साइकीमा अहिलेको १ हजार ५ सय डलर मूल्यका आधारमा ५ हजार क्वालिड्रिलियन अर्थात् ५ लाख खर्ब डलर बराबरको सुन छ। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको नेपाल समाचारपत्रले छापेको छ।

मानवले साइकीमा भएको सुन पृथ्वीमा ल्याउन सक्छ त? साँच्चिकै यो सम्भव भयो भने विश्वमा सुनको सुनको मूल्य के हुन्छ, अनुमान गर्न सकिन्छ। तर सुनमा लगानी गर्नेहरू अहिल्यै चिन्तित हुन जरुरी छैन, किनभने यो अझै धेरै परको कुरा हो। यसका लागि लामो मार्ग तय गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close