
काठमाडौँ, पुस १४ । विश्व हिन्दु महासंघले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसरमा पौष २७ गते सार्वजनिक बिदाको माग गरेको छ । विश्व हिन्दु महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न राज्य र स साना टुक्रामा खण्डित तत्कालीन टाकुरे राज्यहरुलाई मिलाउँदै एकिकरणको सु्त्राधाकारका रुपमा रहेका ऐतिहासिक ब्यतित्व राष्ट्र निर्मता पृथ्वी नारायण शाहको एतिहासिक योगदानलाई स्मरण गर्दै उनको सम्मानमा पुष २७ गते देशभर जन्म जयन्ती मनाउँन सार्वजनिक विदाको जोडदार माग गरेको हो ।
विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीद्धारा जारी गरिएको विज्ञप्तिमा यस्ता अनुकरणीय दीव्य नेपाली पुर्खाको योगदानको कदरले नेपालीहरुमा राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनता प्रतिको निष्ठा र आस्था अभिवृद्धिमा समेत थप हौसला र उर्जा दिने कुरालाई उल्लेख गरेको छ । विज्ञप्तिमा शाहको सम्मानका लागी उनको जन्मदिनमा बिदाको माग गर्दै उनको तस्विर राष्ट्रिय विभुतीका रुपमा हुलाक टिकटमा समेत अंकित गरेर प्रकाशित गर्न माग गरिएको छ । विश्व हिन्दु महासंघद्धारा जारी गरिएको विज्ञप्ति हेर्नुहोस् जस्ताको त्यस्तै