चिनियाँ अपराधीसँग उपराष्ट्रपतिको कनेक्सन

काठमाडौँ- गत साता प्रहरी पक्राउ गरेका १ सय २२ जना चिनियाँमाथि अनुसन्धान नै नगर चीन पठाउने तयारी भएको छ । आगामी शनिबार चार्टर्ड विमानमार्फत् उनीहरुलाई चीन पठाउने गृह मन्त्रालय तयारी छ । उनीहरुले नेपालमा बसेर चीनमा अपराध गरेकाले चीनमै लगेर थप अनुसन्धान र कारबाही गर्न लागिएको छ ।

यसैगरी चीन, मलेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडियालगायत देशबाट समेत अपराध संलग्न नागरिकलाई लागेको थियो । ठूला बंगलाहरु भाडामा लिएर इन्टरनेट मार्फत ठगी र असुुली गर्ने सो समूहले नेपाल प्रहरी, अध्यागमन अधिकारीमात्र होइन नेतासँग समेत सेटिङ मिलाएको खुलेको छ । स्रोतका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनसँग उनीहरुको निकटतम सम्बन्ध देखिएको छ ।

तर पुनले उनीहरुलाई संरक्षण गरेरनगरेको भने खु्ल्न सकेको छैन । आफूहरु ठूला चिनियाँ सफ्टवेयर व्यावसायी भन्दै उनीहरुले हिमचिम बढाएका थिए । उपराष्ट्रपति पुत्र दिपेश पुनसँग उनीहरुको खास सम्बन्ध थियो ।नेपालमा उनिहरुलाई दिपेशले नै संरक्षण गरेको प्रहरीको दाबी छ । स्रोतका अनुसार प्रहरी माहनिरीक्षक सर्वेन्द्र खनालसँग पनि दिपेशले नै लगेर चिनियाँलाई भेटाएका थिए ।

दिपेश र महानिरीक्षक खनाललाई आईजीपी बनाउने त्रममा उनले तत्कालीन माओवादीभित्र खनालको पक्षमा माहोल बनाइदिएका थिए । त्यही वापत उनले सरुवादेखि अनेक काममार्फत् फाइदा लिइरहेका छन् ।
(दृष्टि साप्ताहिकमा खबर छ ।

Back to top button
>
Close