
काठमाडौं, पुस १६-पछिल्लो समय लोक दोहोरीबाट निकै चर्चामा रहेका गायक प्रकाश सपुतलाई चलचित्रमा नायकका रूपमा देख्न पाइने भएको छ।यसअघि इन्डियन आइडल जितेका गायक प्रशान्त तामाङले अभिनय गरेका २०७२ सालको हिट फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी–२’मा नायकका रूपमा उनी अनुबन्धित भएका छन्।
गायकका रूपमा फिल्ममा नायक बनेको प्रकाश नै पहिलो नेपाली कलाकार भने होइनन्। नेपाली चलचित्र वृत्तमा शिव शंकरबाटै गायनबाट नायक बन्ने क्रम सुरु भएको थियो।
आगामी फागुनबाट छायांकन सुरु हुने चलचित्र परदेशी(२ मा प्रकाश मुख्य नायकका रूपमा आउँदै छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।दुई वर्षअघि ‘बोल माया’ गीतबाट गायनसँगै अभिनयमा प्रकाश सपुत चर्चामा आएका थिए। त्यसपछि उनलाई ‘गलबन्दी’लगायतको गीतले हिट बनाएको छ।