
काठमाडौं । आज पुस १६ गते बुधबार (जनवरी १ तारिख) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ। यो मूल्य मंगलबारको तुलनामा ११ पैसा बढी हो ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३५ पैसा र बिक्रिदर १५१ रुपैयाँ १४ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ९४ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७२ पैसा रहेको छ।