दीपिकाद्वारा कंगनाको कामको प्रशंसा

मुम्बई- अभिनेत्री कंगना रनौत बलिउडको यतिबेलाकी सबैभन्दा महँगो नायिकाकी रूपमा परिचित छिन् । यी अभिनेत्रीको नयाँ फिल्म ‘पंगा’ आउँँदै छ । फिल्म पंगाको ट्रेलर रिलिज भएपछि उनको प्रशंसक मात्र हैन, बलिउडकर्मीले पनि कंगनाको कामको प्रशंसा गरेका छन् ।

अभिनेत्री दीपिका पादुकोणले आफ्नो कामको खुलेर प्रशंसा गरेपछि अभिनेत्री कंगना यतिबेला खुसी छिन् । फिल्म पंगाको ट्रेलर हेरेपछि दीपिकाले यसको सकरात्मक प्रतिक्रिया सञ्चारर्कीलाई दिएकी छन् । राजधानि दैनिकमा खबर छ ।

अभिनेत्री कंगनको फिल्म पंगाको ट्रेलर हेरेपछि यो फिल्ममा निकै सानदार भएको आफूलाई लागेको दीपिकाले बताएकी छन् । यो फिल्म निकै राम्रोसँग चल्यो भने आफूलाई निकै खुसी लाग्ने पनि यी अभिनेत्रीले बताएकी छन् । फिल्म राम्रोसँग चल्नुपर्ने उनको विश्वास छ । यो फिल्म हिट भएको हेर्ने चाहना आफ्नो भएको पनि दीपिकाले बताएकी छन् ।

आफूले अभिनय गरेको फिल्म छपाकको ट्रेलरभन्दा कंगनाले अभिनय गरेको फिल्म पंगाको ट्रेलर दर्शकबाट बढी रुचाइएपछि यी अभिनेत्रीले प्रशंसा गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close