
काठमाडौँ, पुस १७ । भारतीय क्रिकेटका अलराउण्डर हार्दिक पाण्डेयले नायिका तथा प्रेमीका सर्बियाली नागरिक नताशासँग इन्गेजमेन्ट गरेका छन् । उनले समुन्द्रमाथी नयाँ वर्षका दिन इन्गेजमेन्ट गरेको भिडियो भाइरल बनेको छ । नयाँ वर्षको पहिलो दिन बुधबार इन्स्टाग्राममा दुई पोस्ट गरेर आफ्नो इनगेजमेन्ट भएका हार्दिक र नताशाले तस्विर र भिडियो समेत पोष्ट गरेका छन् । मोडल तथा डान्सर नताशाले एक्शन ज्याक्सन, फुकरे रिटन्र्स, ड्याडी, जिरो र यारम, द बडी लगायतका फिल्ममा काम गरीसकेकी छिन् । हेर्नुहोस् भिडियो