यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौँ, पुष १७ । आज पुस महिनाको १७ गते बिहीबार सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार मंगलबार २ सय रुपैयाँ बढेर उच्च रेकर्ड राखेको सुन आज बिहीबार पनि स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयामा कारोबार भइरहेको । बुधबार पनि छापावाला सुनको भाउ यहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close