निर्णय सच्याउन देउवा तयार

काठमाडौँ, पुस २३ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा देखिएको विवाद समाधान गर्न तयार भएका छन् । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सभापति देउवा लचक भएका हुन् । असन्तुष्ट पक्षको दबाबपछि सभापति देउवा पुस ११ को केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन तयार भएको उनी निकट नेताहरुले बताएका छन् । अन्नपूर्ण पोष्ट् दैनिकमा खबर छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडानमा देउवा सकारात्मक देखिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close