उपसभामुख तुम्बाहाङफेको यत्रो शक्ति!

काठमाडौं, पुस २९- उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ।संवैधानिक र कानुनी रुपमा उनी बलियो अवस्थामा छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

उनीमाथि दलको ह्वीप त लागू हुन सक्दैन नै, पदीय आचरणअनुकूल काम नगरेको महाअभियोगमा प्रस्ताव पेस गरिए त्यसलाई पारित गर्न पनि नेकपासँग दुई तिहाइ छैन।

नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उव्जिएको प्रश्न हो पार्टीले उनलाई कारबाही गर्न सक्छ? सांसद पदबाट निकाल्न सकछ? कानुनले भन्छ सक्दैन।

उपसभामुख भएपछि दलको साधारण सदस्य पनि नरहेकी उनीमाथि पार्टीले कारबाही गर्न सक्ने अवस्था छैन।उनी सत्तारुढ दल नेकपाको समानुपातिक सांसद हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close