आदित्य र नेहाको बिहे चर्चा

एजेन्सी- गायिका नेहा कक्कडसँग गायक उदित नारायणका छोरा आदित्य नारायणसँग बिहेको चर्चा चल्न थालेको छ । खासमा गायन रियालिटी शो ‘इन्डियन आइडल’को स्टेजमा नेहा र आदित्यको परिवारले यी दुईको बिहे गरिदिने बताएका थिए । बिहेको मिति पनि तय गरेका थिए, फेब्रुअरी १४ । त्यसपछि हो, जहातहीं यी दुईको बिहेको चर्चा चल्न थालेको ।

हालै, उदितले छोराको बिहेबारे मुख खोलेका छन् । ‘कुनै गायिका मेरो घरको बुहारी बन्छ भने म त्यसमा खुसी हुन्छु’ भारतीय मिडियामा उनले भनेका थिए ।कान्तिपुर दनिकमा खबर छ ।

छोरा आदित्य र नेहाको बिहेको हल्लाबारे बोल्दै उनले थपे, ‘नेहा एकदमै राम्री केटी हो । उनी निकै राम्रो गाउँछिन् । मलाई नेहा असाध्यै राम्रो लाग्छ । ममात्रै होइन उनलाई सबैले माया गर्छन् । उनले आफ्नो लागि इन्डस्ट्रीमा स्थान बनाएकी छिन् । म अक्सर उनको गीत सुन्छु ।’नेहा र आदित्य ‘इन्डियन आइडल’मा सँगै कार्यरत छन् । नेहा गायन शोको निर्णायकको रुपमा कार्यरत छिन् भने आदित्य कार्यक्रम प्रस्तोता । बिहेको चर्चा त्यही शोबाट चल्न थालेको बताउँछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close