जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं, ८ माघ- गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बसपार्क डेरा गरी बस्ने ३३ वर्षीय राम बाबु सापकोटाको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली जिकल गाउँपालिका-२ घर भएका ५० वर्षीय अमरजन खत्री लगायत ९ जनालाई नगद २ लाख ५२ हजार ३ सय ५० रुपैयाँ र ९ बुक ताससहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close