बिहारी युवती बन्दै सारा

मुम्बई-बलिउड अभिनेत्री सारा अली खानको नयाँ फिल्म ‘लव आजकल–२’ को ट्रेलर रिलिज भएको छ। फिल्ममा उनी कार्तिक आर्यनसँग रोमान्स गर्दै देखिने छिन्। फिल्मको ट्रेलर निकै मन पराइएको छ।

अहिले साराका फ्यानका लागि खुसीको खबर आएको छ। साराले निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी छन्। यो फिल्ममा उनी राँझणा फेम साउथ स्टार धनुषको साथमा देखिने छिन्। फिल्ममा सारा अलग रूपमा देखिँदै छिन्। यो फिल्ममा उनी एउटी देहाती बिहारी युवतीको भूमिका निर्वाह गर्दै छिन्।अन्नपुर्ण पोष्टमा खबर छ ।

फिल्ममा उनी भोजपुरी बोल्छिन्। सारा अहिले वरुण धवनसँग ‘कुली नं १ को सुटिङ गरिरहेकी छन्। यो फिल्मको सुटिङ सकिएपछि उनी आनन्द एल रायको फिल्मको भूमिकाका लागि वर्कसपमा सहभागी हुने छिन्। भोजपुरी भाषा सिक्न उनले व्यक्तिगत शिक्षक पनि राख्दै छिन्। यो फिल्ममा अक्षय कुमार पनि काम गर्दै छन्। अक्षयले यो फिल्मका लागि एक सय २० करोड पारि श्रमिक मागेका छन्। यो कमेडीका साथै रोमान्टिक फिल्म हुने बताइएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close