
काठमाडौं, माघ १२- न्यायाधीश हरि फुयाँलले सापकोटा विरूद्धको रिट नर्हेने भएका छन् । अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट फुयाँलले हेर्न नमिल्ने बताएका छन् । सभामुखमा निर्वाचित गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट फुयाँलको इजलासमा परेको छ ।
सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी रिट अदालतमा विचाराधीन भएकाले उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिएका थिए । यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने उनले बताइसकेका छन्।