
काठमाडौं, माघ १३ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहणमा भण्डारी सहित नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित रहेका थिए ।
निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । तिनिधिसभाको हिजोको बैठकले सापकोटालाई सर्वसम्मतरुपले सभामुख चयन गरेको थियो ।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन् ।सापकोटा विरुद्ध द्धन्द्धकालिन मुद्दा अहिले पनि विचाराधिन अवस्थामा रहेको छ । साथै, उनलाई सभाुमख हुनबाट रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।