
काठमाडाैं माघ १४-कहिले आमा, कहिले दिदी–बहिनी अनि कहिले जीवन संगिनीका रुपमा कठिन परिस्थितिमा महिला पुरुषका लागि भाग्यशाली साबित हुने गरेको छ।त्यस्तै मध्येका एक थिए विश्व चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्ट।सोमबार हेलिकप्टर दुर्घटनामा दिवंगत भएका कोबेलाई बास्केटबलका जादुगर मानिन्छ।
कोबे विश्वप्रसिद्ध फोब्र्स म्यागजिनमा पनि पटकपटक धनाढय खेलाडीको सूचीमा अटाउने खेलाडी थिए। विगत केही वर्ष अघिसम्म उनी विश्वक सर्वाधिक आम्दानी गर्ने खेलाडीहरूकोे सूचीको उत्कृष्ट दसभित्रै पर्दै आएका थिए।बास्कटबल खेलाडीहरूको नाम अंकित जर्सीहरूको बिवm्री तथ्यांकलाई आधार मान्ने हो भने उनको क्रेज अत्यधिक रहेको पाइन्छ।
उनले अमेरिकाको नेसनल बास्केटबल लिगमा लस एन्जल्स लेकरबाट सन् १९९६ देखि २०१६ सम्म खेलेका थिए। त्यसबाहेक कोबे सम्मिलित अमरिकी बास्केटबल टोलीले सन् २००८ मा चीनमा सम्पन्न आलम्पिकमा स्वर्ण जितेकोे थियो । कोबेको वर्तमान जति चर्चित छन्, ् त्यति न विवादास्पद थियो उनको विगत।
बास्कटबलका महान् हस्ती कोबे बास्केटबल कोर्ट भित्र तथा बाहिर थुप्रैपटक विवादित बनेका थिए। तर, पत्नी भेनेसा ब्रायन्टको साथले उनको साखलाई कहिल्यै गिर्न दिएनन्।
पाच पटकका बास्केटबल विश्वविजेता टोलीको एक महŒवपर्णू सदस्य कोबे माथि सन् २००३ मा एउटा दुष्कर्मको आरोप लागेको थियो । त्यो घटनाले विक्षिप्त कोबेलाई पत्नी भेनेसाले भने साथ दिइन् ।चुनौतीपूर्ण परिस्थितिमा जीवन सगिनीको साथ पाएपछि कोबेले सफलतालाई पछ्याउ“दै अन्ततः गर्विलो छवि बनाउन सफल भए। नेपाल समाचारपत्रमा खबर छ ।