चितुवाको छाला सहित दुई जना पक्राउ

दाङ, १४ माघ-दंगिशरण गाउँपालिका-१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close