प्रहरीलाई दबाब आएपछि आस्था राउत धरौटीमा छुटिन्

काठमाडौं। गायिका आस्था राउत हिरासतमुक्त भएकी छिन् । अभद्र व्यवहारको आरोपमा प्रहरी हिसातमा रहेकी आस्थालाई आज अपरान्ह चार हजार धरौटीमा रिहा गरिएको हो । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएकी आस्थालाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।

प्रहरी नियन्त्रणमा रहेकी आस्था सोमबार साँझै अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो ।राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । प्रहरीले गायिका राउतलाई कैदीको जस्तो ब्यबहार गरेकोब भन्दै चौतर्फी आलोचना भएपछि तथा आस्थालाई छुटाउन नेकपा लगायतको पनि दबाब आएपछि उनलाई धरौटीमा रिहा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close