आज घट्यो सुनको मूल्य

काठमाडौँ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाले घटेको हो ।

बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलमा ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।। चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close