
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५० रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।