सैफअली खानको नायिका हुन् अनन्या ?

मुम्बई । बलिउड अभिनेत्री अनन्या पान्डेले फिल्म लफड्ेवाजमा आफू नायक सैफअली खानको छोरीका रूपमा रहेको बताएकी छन् । यो फिल्ममा सैफअली खानको नायिका अनन्या भन्ने समाचार मिडियामा आएपछि उनले त्यसको खण्डन गरेकी छन् ।

अनन्याले सैफलाई अंकल भन्छिन् । अनन्याका पिता चंकी पान्डे र सैफअली खान साथी हुन् । त्यसैले, आफूले अंकल भनिरहेको व्यक्तिको नायिका भएर काम गर्न अप्ठ्यारो हुने यी अभिनेत्रीको कथन छ ।

चलचित्र लफडेवाजमा लफडा गर्दै हिड्ने झगडालु छोरीको भूमिकामा आफू रहेको अनन्याको भनाइ छ । आफूलाई खराबबाट असल बनाउन चाहने पिताको भूमिकामा सैफअली खान रहेको पनि उनले खुलाएकी छन् । सौय दैनिकमा खबर छ ।

अनन्याले यस अघि स्टुडेन्ट अफ दी इयर २, पति पत्नी और वो, काल्री पीलीजस्ता चलचित्रमा काम गरिसकेकी छन् । उनको यो नयाँ फिल्म लफ्डेबाजलाई राहुल ढोलकियाले निर्देशन गर्दै छन् ।

Back to top button
>
Close