अमेरिकाविरुद्ध सन्दिप लामिछाने र सुशन खरो रुपमा उत्रिए, अमेरिका ३५ रनमा अलआउट

काठमाडौं, माघ २९ । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालले आज कमाल नै गर्न सफल भएको छ । काठमाडैँको त्रिभुवन विश्वबिद्यालय स्थित मैदानमा टस जितेर बलिगं रोजेको खेलमा अमेरिकालाई जम्मा ३५ रनमा समेट्न नेपाल सफल रह्यो । यससँगै अब नेपाललाई जितका लागि ३६ रनको आवश्यकता पर्नेछ ।

नेपाली स्पिनरद्धय सन्दिप लामिछाने र सुसन भारी चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन जोड्दै अलआउट हुन पुगेको हो । अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close