घरेलु मैदानमा अमेरिका बिरुद्ध सन्दिप चम्किँदा नेपालले निकाल्यो किर्तीमानी जित

काठमाडौं, माघ २९ । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर सन्दिप लामिछाने र सुशन भारी चम्किँदा नेपालले ८ विकेटको किर्तीमानी जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज बिहान साडे ९ बजेबाट सुरु भएको खेलमा नेपाली खेलाडी चम्किँदा अमेरिका जम्मा ३५ रनमा समेटियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । नेपालका भरपर्दा खेलाडी पारस खड्काले २० रन जोडे भने दिपेन्द्र सिंह ऐरीले १५ रन ल्याएसँगै अमेरिकाका ह।ाउन लागी काफी भयो । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close