“भ्रष्टचारीहरु लाज मान्नै छाडे, मुलुकको आधा प्रतिफल भ्रष्टचारले खाने भयो”

काठमाडौ, माघ २९-पहिले पहिले समाजमा बदमासी गर्नेहरूलाई तामा, कुश छुन लगाउँदा उसले घोसेमुन्टो लगाउँथ्यो । तर, अहिले कोही पनि घोसेमुन्टो लगाउँदैनन् । अर्थात भ्रष्टाचारमा निर्लज्जता थपिएको छ । घोसेमुन्टो कसैले लगाउँदैनन् । त्यसकारण कहाँ सदाचार छ कहाँ भ्रष्टाचार छ, छुट्याउन गाह्रो छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको बताएका छन् । उनले कुनै पनि संवैधानिक निकाय र अंगहरूलाई सरकारले कुनै पनि निर्देशन वा आदेश नदिएको स्पष्ट पारे । ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारको आदेशमा अख्तियारले मुद्दा लगाएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायतले आलोचना गरिरहेका वेला प्रधानमन्त्रीले अख्तियारकै कार्यक्रममा सो कुरा बताएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगको २९ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अख्तियारलाई आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस भएको छ । संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छ ।’ ओलीले आफू भ्रष्टचार पनि नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने दोहो¥याए ।

भ्रष्टाचार नभए देश बन्ने तर भ्रष्टाचार हुँदा मुलुकको आधा प्रतिफल भ्रष्टचारले खाने उनको भनाइ थियो । ‘सरकारले अख्तियारलाई कहिले दबाब दिन्छ, कहिले निर्देश गर्छ, कहिले आदेश गर्छ, कहिले के गर्छ, भनेर प्रचार गरिएको छ’, उनले भने, ‘यस्तो होइन् । म सरकारको कार्यकारी प्रमुखको हिसाबले भन्छु, सरकार संवैधानिक निकाय र अंगहरूलाई स्वतन्त्र हिसाबले काम गर्न दिन्छ । र त्यसमा हस्तक्षेप गर्ने मनसाय नै राख्दैन । हस्तक्षेप गर्ने प्रश्न नै आउँदैन ।’

प्रधानमन्त्री ओलीले अगाडि रहेका संवैधानिक निकायका प्रमुख र सदस्यलाई इंगित गर्दै भने, ‘सरकारले कहीँ कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् भनेको छैन । सरकार त्यस्ता कुराभन्दा पनि भन्दैन र सरिक पनि हुँदैन ।’ प्रधानमन्त्री ओलीले सदाचारीभन्दा भ्रष्टाचारीले भ्रष्टाचारको बारेमा चर्को बोल्ने गरेको बताए । उनले समाजमा भ्रष्टाचारसँगै निर्लज्जता थपिएकाले कहाँ भ्रष्टाचार छ, कहाँ सदाचार छ, छुट्याउन नै गाह्रो परेको बताए । ‘पहिले पहिले समाजमा बदमासी गर्नेहरूलाई तामा, कुश छुन लगाउँदा उसले घोसेमुन्टो लगाउँथ्यो । तर, अहिले कोही पनि घोसेमुन्टो लगाउँदैनन् । अर्थात भ्रष्टाचारमा निर्लज्जता थपिएको छ । घोसेमुन्टो कसैले लगाउँदैनन् । त्यसकारण कहाँ सदाचार छ कहाँ भ्रष्टाचार छ, छुट्याउन गाह्रो छ’, प्रधानमन्त्रीको भनाइ थियो ।

भ्रष्टचारको विषयलाई पक्षधरताको विषय बनाउन खोजिएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘सदाचार बनाउने विषयलाई वयैक्तिक, समूहगत, स्वार्थ वा पक्षधरता, आफ्नो वा अर्को, वरको वा परको, जस्तो हिसाबले हेर्न थालियो र यो मेरो यो तेरो भन्न थालियो भने विस्तारै कारबाही पनि गर्न नसकिने अशतक्ताको अवस्थामा पुग्छ’, उनले भने, ‘त्यो रोक्नै नसक्ने अवस्थातिर जान्छ ।’ उनले कसैलाई पनि भ्रष्टचारको विषयलाई पक्षधरताको विषय नबनाउन आग्रह गरे । भ्रष्टचारलाई निष्पक्षताको विषय बनाउनुपर्ने बताउँदै जे आचरण, व्यवहार भएको छ त्यसअनुसारको विषय बनाउन जोड दिए ।

प्रधानमन्त्री ओलीले सबै अंगलाई संवैधानिक र कानुनी दायरामा रहेर कर्तव्य पालना गर्ने काममा निर्वाध अवसर प्रदान गरिएको बताए । सरकारको तर्फबाट हस्तक्षेप, आग्रह केही पनि नभएको र हुँदा पनि नहुने बताउँदै मान्छेहरूमा भ्रम छर्ने कोसिस भएकोमा आक्रोशसमेत पोखे । उनले अख्तियार धेरै आशीर्वाद पाउने ठाउ नभएको भन्दै नआत्ति निष्पक्षताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

‘यो धेरै आशीर्वाद पाउने ठाउ होइन, जसले भ्रष्टचार गर्छ त्यसलाई कारबाही गर्नुपर्यो, कारबाही गरेपछि त्यसले सरापिहाल्छ । यो गाली खाने काम हो । उसले मात्र होइन उसका नातागोता सबैले सरापछन्’, अख्तियारका पदाधिकारीलाई सम्बोधन गर्दै भने, ‘यी सबैसँग नआत्तिएर काम गर्नु, आफ्नो निष्पक्षताका साथ काम गर्नु, दृढता कायम गर्नु, आफ्नो कर्तव्य पथमा अडिग रहेर अगाडि बढ्नु महत्वपूर्ण कुरा हो ।’ अख्तियारले भ्रष्टचार नियन्त्रणका विषयमा अझ प्रभावकारीता बढाउनु जरुरी रहेको समेत औँल्याए । उनले सुशासन र विकासको गतिमा सरकार अगाडि बढेकाले सुशासनका लागि भष्टचार नियन्त्रण पहिलो काम भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close