गजुरीमा बसले स्कुटरलाई ठक्कर दिँदा चितवन जाँदै गरेकी नायिका महिमा सिलवालको मृत्यु

काठमाडौँ । नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । बुधबार साँझ बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् ।

उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी महिमाले ‘अप्रिल फुलु, ‘चियर्स’, ‘दानव’, ‘जिग्लोलगायत चलचित्रमा अभिनय गरिसकेकी छन् भने एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् । महिमाको घर भरतपुर महानगरपालिका–१२ शिवनगर भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close