ब्रेसियालाई खाता नै खोल्न नदिई जीत निकाल्दै युभेन्ट्स शीर्ष स्थानमा

एजेन्सी । ब्रेसियालाई २ – ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलको पहिलो हाफको ३७ औं मिनेटमा फ्लोरिन आए रातो कार्ड खाएर बाहिरिएको २ मिनेटमा नै युभेन्ट्सले खाता खोलेको हो ।

पहिलो गोल पाउल डिबलाले गरे भने ब्रेसिया विरुद्ध खेलको ७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २- ० को जित दिलाए। जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोड्दै इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

Back to top button
>
Close