
काठमाडौं ।आज नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुनको मूल्य यहि मूल्यमा कारोबार भएको थियो । यस्तै आज तेजावी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।